पूरक

वि. [सं.]

  1. कुनै व्यक्ति वा वस्तुको कमीलाई पूरा गर्ने; कुनै कुराको खाँचोलाई पूरा गर्ने।
  2. व्याकरणमा अपूर्ण वा पूरकापेक्षी क्रियापद प्रयुक्त भएको वाक्यमा जोडिई क्रियापदको अर्थलाई पूरा गराउन सहयोग गर्ने शब्द (उदा.- राम डाक्टर भयो; यो कुरा राम्रो लाग्यो।)।
  3. बाहिरी प्रकृतिबाट सास तानी भित्र फोक्सो भर्ने एक प्रकारको प्राणायाम।
  4. कुनै वस्तुको कमी वा त्रुटिलाई पूरा गर्न पछि थपिने अंश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)