पूरक प्रश्न
ना.
- कुनै परीक्षाका प्रश्नमा भएको कमी वा त्रुटिलाई पूरा गर्न बनाइएको वा कारणवश दोहोर्याएर गरिएको परीक्षाको प्रश्नपत्र।
- कुनै सभा, बैठक आदिमा प्रस्तुत कुनै समस्या, प्रस्ताव आदिका सम्बन्धमा चर्चापरिचर्चा भइसकेपछि पनि बाँकी रहेको शङ्काको समाधानका निम्ति गरिने थप प्रश्न; सभा, बैठक आदिको काम, प्रस्ताव आदि पूरा गर्न गरिने प्रश्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)