पूरा
वि. [सं. पूर्ण]
- चाहिने जति सबै कुराले पूर्ण भएको; कुनै कुराको कमी नभएको; पूर्ण।
- आफ्ना सबै अङ्गले युक्त भएको; कुनै अङ्ग वा अंशको कमी नभएको।
- खुनखोट केही नलागेको; कमी वा त्रुटि नभएको; सग्लो; सिङ्गो।
- भएजति सबै; सारा; सम्पूर्ण।
- खोजे वा चाहेअनुसारको; पुग्दो; यथेष्ट।
- कुनै कामकुरा फत्ते भएको; सफल; सिद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)