पूर्णाधिकार प्राप्त
वि.
- पूर्णाधिकारवाला; पूर्णाधिकार पाएको।
- कुनै व्यक्ति वा सरकारले अर्को व्यक्ति वा सरकारसँग कुनै किसिमको वार्तालाप, सन्धि आदि गर्नुपर्दा आफ्नो विवेकबुद्धिले देखेअनुसार निर्णय गर्ने अधिकार प्रदान गरी पठाइएको सर्वाधिकारप्राप्त (दूत आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)