पूर्व

ना. [सं.]

  1. प्रातःकालमा सूर्योदय हुने क्षितिजको भाग; सूर्य उदाउने दिशा; पश्चिमको विपरीत दिशा।
  2. नेपाल, भारत, चीन, जापान आदि पूर्वीय देश; एसियाका पूर्वी भेकका देश। (उदा.-पूर्वको अतीत जति समृद्ध थियो वर्तमान त्यति छैन)।
  3. कुनै कुराको अघिल्लो भाग।
  4. अघिल्लो समय।
  5. पूर्वज; पुर्खा।
  6. पहिले; अघि।
  7. पहिलेको (जस्तो- पूर्वकाल, पूर्वसमय इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)