पूर्व एक नम्बर

ना.

  1. भक्तपुरदेखि पूर्वतिरका बनेपा, धुलिखेल, सिन्धुपाल्चोक आदि बस्तीहरूसहितको एक इलाका; पहिले (राणाकालमा) सुविधाका दृष्टिले बनाइएका एकाइमध्ये भक्तपुरदेखि पूर्वका र पूर्व दुई नम्बरमा पर्ने बस्तीहरूभन्दा पश्चिमका बस्तीहरू मिलाएर बनाइएको प्रशासनिक एकाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)