पेटी

ना. [सं.]

  1. एक प्रकारको सानो सन्दुस; सानो पेटारो; पेटारी; पेटिका।[सं. पट+ई]
  2. जगमा पानी नबसोस् भन्ने उद्देश्यले र गाराका सुरक्षाका लागि समेत घरका वरिपरि बलियोसँग बनाइएको आड; बलेनीभित्र उठाइएको डिल।
  3. मानिसहरू पैदल हिँडून् भन्नाका लागि सडकका छेउमा केही अग्ला पारेर बनाएको डिल; फुटपाथ।[पेट+ई]
  4. कमरमा बाँध्ने छाला आदिको फित्ता; कमरपेटी; कमरबन्दी।
  5. पातलो, चेप्टो, बाक्लो वस्तु; फित्ता।
  6. घर आदिको भित्तामा तल- माथि अलगअलग रङ लगाउँदा देखिने पाटा।
  7. मिलका चक्कालाई इन्जिनसँग जोडी घुमाउने काममा प्रयोग गरिने साधन; मिलको फित्ता (अङ्. बेल्ट)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)