पेल्नु
स.क्रि. [सं. प्रेरण > प्रा. पेल्लण]
- कोल वा अन्य किसिमका यन्त्रलाई चारैतिर घुमाई वा थिची रस वा तेल निकाल्नु।
- कोल आदि यन्त्रले खुबसित निचोर्नु वा थिच्नु।
- अँचेट्नु; घचेट्नु; ठेल्नु।
- थिचोमिचो गर्नु; अरूको अधिकार मिच्ने काम गर्नु; बलप्रयोग गर्नु।
- नटेर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)