पेसी

ना. [फा.]

  1. निर्णयका लागि अदालतसम्मुख मुद्दामामिला आदि प्रस्तुत गर्ने काम; अदालतमा सुनुवाइका लागि दिएको तारिखअनुसार मुद्दा छिन्न न्यायाधीशसमक्ष पेस गर्न लैजाने कार्य।
  2. कुनै कार्यालयका उच्चाधिकारी कुनै सेनाका अध्यक्ष वा सभामुख आदिका समक्ष कुनै समस्या वा प्रस्ताव लिखित रूपमा पेस गर्ने काम; प्रस्तुतीकरण; अभिमुखीकरण; सम्मुखीकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)