पैटिनु
अ.क्रि. [प्रा. पयट्टी+इ+नु]
- थन्क्याइराखेको भकारी, कुन्यू, भाँडा आदिबाट धान, मकै वा अचार आदि वस्तु पहिलो पटक झिकिनु; नचलाई राखेको ठाउँबाट पैसा आदि पहिलो पटक खर्च गर्न निकालिनु वा खर्च गर्न सुरु हुनु।
- थालिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)