पैदल
वि. [सं. पादतल]
- हिँडेर यात्रा गर्ने; कुनै सवारीसाधनको उपयोग नगरी गोडाले नै हिँड्ने।
- गोडाले; खुट्टाले।
- लडाइँ आदिमा जाँदा कुनै सवारीमा गोडाले नै हिँडेर जाने सैनिक वा सिपाही; पैदल हिँड्ने सिपाही; पदाति।
- बुद्धिचालको खेलमा सबभन्दा सानो गोटी; सिपाही।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)