पोते
ना. [प्रा. पोता]
- विभिन्न रङका काँचका ससाना दानालाई धागोमा उनेर बनाइएको, सधवा स्त्रीले घाँटीमा लाउने सौभाग्यसूचक माला।
- डोकोको बिट नआइपुग्दै अर्थात् बिट मार्नुभन्दा पहिल्यै, डोकोलाई बलियो पार्ने, राम्रो पनि गराउने उद्देश्यले ठिक डोकाको घाँटी भन्न सुहाउने ठाउँमा बाक्लो किसिमले वरिपरि बुनिने माल्याकार बुट्टा।
- पोतेमाला बनाउने काँचका कणहरू।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)