प्याकप्याक

क्रि.वि. [अ.मू. प्याक्+अ (द्वि.)]

  1. मर्ने बेलामा मुख बाउने गरी।
  2. खान नपाएर मर्ने स्थितिमा पुग्ने किसिमले।
  3. कुनै वस्तुको खाँचो भएर गाह्रो-साँगुरो पैदा हुने गरी।
  4. त्यसरी मुख बाएको, मरेको वा खाँचो परेको।
  5. त्यसरी बाउने, मर्ने वा खाँचो पर्ने क्रियाप्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)