प्याज

ना. [फा.]

  1. तरकारी, मसला र औषधीका काममा समेत प्रयोग गरिने, उग्र गन्ध भएको, गोलाकार (लसुनसँग मिल्ने) पत्रैपत्रबाट बनेको कन्द; आयुर्वेदमा अग्निवर्द्धक, वीर्यवर्द्धक, रुचिकारक, विषनाशक र ठन्डा गुण मानिएको एक प्रसिद्ध कन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)