प्याड
ना. [अङ्.]
- चिठीपत्र आदि लेख्ने काममा प्रयोग गरिने टाउकामा कार्यालय वा सम्बन्धित व्यक्तिको नाम छापिएको र बाँकी ठाउँ खाली भएको कागत; लेटरप्याड।
- कोटका कुम, बक्रम आदिमा राखिने वा रजस्वला हुँदा नारीले योनिमा राख्ने, रुवोलाई पट्याई बाक्लो पारेको साधन; रुवोको बाक्लो चक्की।
- कुनै कार्यालय आदिसँग सम्बन्धित कागतपत्र आदिमा छाप लगाउनका निम्ति मसीले भिजाएर राखिएको मोटो कपडा आदिको बाक्लो तह; छापदानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)