प्रकाश
ना. [सं.]
- बलेको वा उज्यालो पदार्थबाट निस्कने, अन्धकारलाई हटाउने तत्त्व ; अन्धकारले गर्दा प्रत्यक्ष हुन नसकेका वस्तु आँखासामुन्ने प्रत्यक्ष गराउने, उज्यालो वस्तुबाट निस्कने तेज; आलोक; ज्योति; उज्यालो।
- घाम; जून।
- लुकेर बसेको वा गोप्य रहेको कुरा प्रकट हुने क्रिया; निस्कने वा देखिने क्रिया।
- सबैले देख्ने, सुन्ने गरी गरिएको वा भनिएको नाटक आदिका पात्रको उक्ति वा कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)