प्रकाशन
ना. [सं.]
- बाहिर प्रकाशमा नआएको कुनै वस्तु वा कुरालाई प्रकाशमा ल्याउने काम।
- गोपनीयता भङ्ग गर्ने वा कुनै कुराको रहस्य खोल्ने काम।
- पुस्तक, पत्रपत्रिका आदि प्रकाशित गर्ने काम; छपाउने काम; छपाइ।
- कुनै व्यक्ति वा संस्थाद्वारा प्रकाशित गरिएका पुस्तक, पत्रपत्रिका आदि।
- सर्वसाधारणलाई जानकारी दिने काम; सूचना; विज्ञापन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)