प्रकाशित
वि. [सं.]
- उज्यालो पारिएको; प्रकाशयुक्त बनाइएको।
- प्रकाशयुक्त; चहकिलो।
- लुकेर बसेको वा गोप्य रहेको कुरालाई बाहिर प्रकाशमा ल्याइएको; प्रकट गरिएको।
- छपाएर जनताका सामु ल्याइएको; छपाइएको (पुस्तक-पुस्तिका, पत्र-पत्रिका आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)