प्रगन्ना
ना. [फा. पर्गन]
- जिल्लाअन्तर्गत धेरै मौजा मिलाई बनाइएको एउटा भूभाग; धेरै गाउँ भएको भूभाग।
- नयाँ भूमिव्यवस्था लागु हुनुभन्दा पूर्व तराईमा जिल्लाभन्दा सानो र मौजाभन्दा ठुलो प्रशासनिक भूखण्ड; पहाडका थुम, गर्खा आदिसँग तुलनीय तराइली भूखण्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)