प्रति
ना. यो. [सं.]
- तिर; तर्फ; पट्टि।
- माथि; उपर।
- बारे; विषयमा; सम्बन्धमा; निमित्त।
- कुनै पुस्तक, पत्रपत्रिका आदिको सङ्ख्या; कुनै जिन्सीको एकाइ; गोटा; थान; अदत।
- शब्द वा धातुको अगिल्तिर जोडिएर केही नयाँ अर्थ बुझाउने उपसर्ग (जस्तै- प्रतिनिधि, प्रतिष्ठान, प्रतिक्रिया इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)