प्रतिकार

ना. [सं.]

  1. अरूले गरेको अपकारका बदलामा गरिने अपकार; कसैले गरेको हानि, नोक्सानी वा अहितका बदलामा गरिने कार्य; साटो फेर्ने काम; बदला लिने काम।
  2. कसैको जग्गाजमिन, सम्पत्ति आदिमा कब्जा गरेपछि बदलामा क्षतिपूर्तिका निम्ति दिइने रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)