प्रतिपरीक्षण
ना. [सं.]
- अदालतमा कुनै मुद्दामामिलाका साक्षी आदिले बयान दिँदा बयान साँचो, झुटो के-कसो हो, र केही वास्तविक कुरा लुकाइएको-छिपाइएको छ वा छैन भन्ने पत्ता लगाउन उल्टापाल्टा, बाङ्गाटिङ्गा प्रश्न गर्ने काम; एकपल्ट साक्षी बकिसकेकालाई फेरि साक्षी बकाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)