प्रतिवाद
ना. [सं.]
- कसैको मत, विचार, कथन आदिलाई झुटो वा तथ्यहीन सिद्ध गर्न दिइएको जवाफ।
- मुद्दामामिलामा वादीले भनेका कुरा वा लगाएको अभियोगलाई खण्डन गर्न दिइएको जवाफ।
- कुनै गलत वा चित्त नबुझ्ने कुराको विरोध; खण्डन।
- प्रतिवादीले दिएको नालिस वा नालिसको लिखत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)