प्रतीक
ना. [सं.]
- समान गुणका आधारमा दृश्य वा अदृश्य अन्य कुनै वस्तुको कल्पना गरी प्रतिबिम्बका रूपमा राखिएको वस्तु वा चिनु।
- अन्य कुनै वस्तुको भावनात्मकता वा प्रतिनिधित्वका रूपमा व्यवहार चलाइने अर्को कुनै पदार्थ।
- चिह्न; लक्षण; निसाना।
- चित्र; मूर्ति; प्रतिमूर्ति; प्रतिमा।
- कुनै एउटा मन्त्र, श्लोक, वाक्य आदिको पूरा अर्थबोध गराउन राखिएको कुनै अर्को पद, अक्षर आदि।
- प्रतिकूल; विरुद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)