प्रतीत

वि. [सं.]

  1. पत्यार गरिएको; पत्याइएको; विश्वास गरिएको; विश्वस्त।
  2. मनमनै धारणा लिइएको वा निश्चय गरिएको; मनमा लागेको।
  3. जानिएको; ज्ञात।
  4. आभास भएको; भान भएको।
  5. पत्यार; आभास; भान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)