प्रतीत पत्र

ना.

  1. सरकारको, जनताको वा अरू कुनै साधिकार व्यक्तिको प्रतिनिधिका रूपमा काम गर्ने अधिकार दिइएको पत्र; अख्तियारनामा।
  2. कसैले आफ्नो प्रतिनिधिका रूपमा कुनै सङ्घ, संस्था, सभा, सरकारी अड्डाखाना आदिमा उपस्थित भएर काम गर्न कुनै व्यक्तिलाई लेखिदिएको अधिकारपत्र; वारिसनामा।
  3. विश्वास दिलाउनका निम्ति लेखिएको पत्र; विश्वासपत्र।
  4. एक ब्याङ्कबाट अर्को ब्याङ्कका नाममा फलानाको यति रुपियाँले भ्याएसम्म चेक, ड्राफ्ट वा हुन्डीहरू स्वीकार गर्नू भनी लेखिएको पत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)