प्रत्ययन पत्र
ना.
- कुनै व्यापारी वा महाजनद्वारा निजको खाताबाट वा ऋणका रूपमा यति रुपियाँ दिनू भनी कुनै व्यक्तिका सम्बन्धमा लेखी सोही व्यक्तिलाई दिइएको पत्र; विश्वासपत्र।
- सरोकारवालाले जानून् भनी थर-ठेगाना, नाम आदिसमेत खुलाई कुनै ठुलो व्यक्ति वा संस्थाले लेखिदिएको कसैका बारेको पत्र; परिचयपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)