प्रत्यादेश
ना. [सं.]
- भइरहेको कुनै आदेशका बदलामा आएको आदेश।
- कुनै कुराको प्रत्याख्यान; निराकरण।
- कुनै कुराको अस्वीकृति; नामन्जुरी।
- माथिल्ला तहको अधिकारीले दिएको कुनै आदेशलाई मध्यवर्ती अधिकारीले तल्ला तहका कर्मचारीसमक्ष पुर्याउने काम; माथिल्लो तहको कर्मचारीअनुसार तल्ला तहका कर्मचारीलाई आदेश दिने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)