प्रत्याह्वान

ना. [सं.]

  1. कुनै पदाधिकारी, विदेश गएका प्रतिनिधि, राजदूत, वाणिज्यदूत आदिलाई गएका ठाउँबाट वा रहेका पदबाट फिर्ता बोलाउने काम; वापस बोलाउने काम।
  2. निर्वाचनमा छानिएर गाउँ, नगर, जिल्ला, राष्ट्रिय तहमा पुगेका प्रतिनिधिलाई कुनै कारणवश निर्वाचकसमूहले फेरि फिर्ता बोलाई गरिने पदच्युत कार्य वा पदनिलम्बन कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)