प्रथम पुरुष
ना.
- व्याकरणअनुसार कुनै काम-कुरा गर्ने वा गर्नेहरूलाई बुझाउने सर्वनाम; म, हामी र यिनका साथ लाग्ने क्रियालाई बुझाउने शब्द।
- सम्पर्कमा आएको पहिलो व्यक्ति।
- बहुपति विवाहप्रथा भएका समाजमा जेठो चाहिँ लोग्ने (उदा.-युधिष्ठिर द्रौपदीका प्रथम पुरुष थिए)।
- पोइल आएकी आइमाईको पहिलोचाहिँ पोइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)