प्रदेश

ना. [सं.]

  1. भाषा, रीतिरिवाज, हावापानी र अन्य भौगोलिक स्थिति, प्रशासन आदिका दृष्टिले छुट्ट्याइएको देशको एउटा ठुलो भाग; प्रान्त।
  2. कुनै ठाउँ; स्थान।
  3. शरीरको अङ्ग; अवयव।
  4. कुनै भूभाग।
  5. भूभाग वा नदीका दृष्टिले नेपालका तीन भौगोलिक (हिमाली, पहाडी र तराइली वा कोसी, गण्डकी र कर्णाली) विभाजनमध्ये कुनै एक।
  6. वास्तुकलामा वा मूर्ति-निर्माणसम्बन्धी कलामा अङ्गुलको नौ गुना बराबरको नापका लागि प्रयोग गरिने शब्द; नौ अमल बराबरको नाप।
  7. परदेश; विदेश (न्यूनस्तरीय प्रयोग)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)