प्रपञ्च

ना. [सं.]

  1. घरगृहस्थी आदिको झन्झट; जगत्को जञ्जाल; सांसारिक मायामोह; मायाजाल।
  2. कता-कताबाट आइपरेको झोज वा झमेला; झेलबखेडा।
  3. छल; कपट।
  4. ढोँग; आडम्बर।
  5. विस्तार; फैलावट।
  6. कुनै कुराको प्रबन्ध; बन्दोबस्त।
  7. एकपल्ट भनिसकिएको कुरालाई फेरि खुलस्त पारी भन्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)