प्रमण्डल
ना. [सं.]
- प्रतिनिधिमण्डल; शिष्टमण्डल।
- एक देशबाट अर्को देशमा सांस्कृतिक, आर्थिक, सामाजिक आदि विषयबारे जानकारी हासिल गर्न र तिनको आदानप्रदान गर्न जाने विशिष्ट व्यक्तिहरूको समुदाय।
- केही व्यक्ति मिलेर व्यापारसम्बन्धी वा अरू कुनै कार्य सम्पन्न गर्नका निम्ति खडा गरिएको व्यापारीहरूको सङ्घ वा समुदाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)