प्रमाद
ना. [सं.]
- असावधान रहने क्रिया; बेहोसी हुने स्थिति।
- कर्तव्यलाई अकर्तव्य र अकर्तव्यलाई कर्तव्य सम्झने प्रवृत्ति।
- भुल; चुक।
- भ्रम; भ्रान्ति।
- उन्माद; नशा; बहुलट्टीपना।
- घमन्ड; अहमत्याइँ।
- लापर्बाही; हेलचेक्रयाइँ; असावधानी।
- समाधिका साधनहरूलाई ठिकसँग नसम्झने प्रवृत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)