प्रवचन
ना. [सं.]
- कुनै विषयमा श्रोताहरूले राम्ररी बुझ्ने गरी प्रभावकारी ढङ्गबाट बोल्ने वा भन्ने क्रिया; प्रवक्ताको लिखित वा अलिखित भाषण।
- वेद, पुराण आदिमा भएका उपयोगी विषयका उपदेशहरू बताउने काम।
- धार्मिक एवं नैतिक विषयमा गरिने भाषण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)