प्रव्रज्या
ना. [सं.]
- घर छाडेर कहीँ टाढा जाने काम।
- घरबार छाडी टाढाको कुनै निर्जन स्थलमा गएर बस्ने काम; एकान्तवास।
- सांसारिक व्यवहार वा बन्धनलाई त्यागेर सन्न्यास ग्रहण गर्ने काम; सन्न्यास।
- जीविका, निवास आदिको सुविधाका दृष्टिले आफ्नो देश वा स्थल छाडेर कुनै अर्को देश वा स्थानमा गएर बस्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)