प्रसाद
ना. [सं.]
- मनमा असन्तोष, लोभ, मोह, रिस आदि विकार नभई प्रफुल्लता रहेको अवस्था; स्वच्छता; निर्मलता।
- मनमा शोक, सुर्ता, चिन्ता आदि केही पनि नभई हर्षोल्लास भएको स्थिति; प्रसन्नता।
- देउदेउतालाई चढाइएको वस्तु; नैवेद।
- देवता वा पूज्य जनहरूले आफ्ना भक्तहरूलाई बाँड्ने खानेकुरो।
- काव्य वा रचनालाई सरल र सुबोध पार्ने काव्यको एक गुण।
- कृपा; दया; अनुग्रह; निगाह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)