प्रसाधक

वि. [सं.]

  1. रङरोगन, फूलमाला, लुगा-कपडा आदि विविध सामग्रीद्वारा सिँगारपटार गर्ने; सजाउने; सिँगार्ने।
  2. कुनै काम परिश्रमका साथ सम्पन्न गर्ने; दुष्कर काम सिद्ध गर्ने।
  3. स्वामी वा राजालाई वस्त्र, आभूषण आदि पहिराइदिने व्यक्ति; पोसाके।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)