प्रस्ताव
ना. [सं.]
- कुनै कार्य वा उद्देश्यका निम्ति उठाइएको प्रसङ्ग; प्रस्तुत गरिने वा गरिएको कुरो वा चर्चा; सुझाउ।
- कुनै कार्यको आरम्भ वा सम्पादनका निम्ति प्रस्तुत गरिएको विचार।
- कुनै योजना, कार्यप्रणाली आदिका सम्बन्धमा सभा, समाज, समिति आदिमा स्वीकृतिका निम्ति राखिएको विचार।
- कुनै ग्रन्थ, रचना आदिको भूमिका; प्रस्तावना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)