प्रस्तावन
ना.
- प्रस्ताव रखाइ; प्रस्तावको प्रस्तुति। प्रस्तावना-
- कुनै कार्य, योजना, उद्देश्य आदि पूरा गर्ने सम्बन्धको आरम्भ।
- कुनै पुस्तक वा ग्रन्थको भूमिका; उपोद्घात; प्राक्कथन।
- नाटकमा मुख्य कथाको अभिनय हुनुभन्दा पहिले सूत्रधार र नटीको कथोपकथनमार्फत वा अन्य कुनै उपायले नाटकबारे सङ्क्षिप्त वा सूक्ष्म रूपमा प्रकाश पारिने, नाटकको एक अवस्थाविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)