प्रस्रव/प्रस्रवण/प्रस्राव

ना. [सं.]

  1. निरन्तरको चुहाइ वा रसाइ; तप्को।
  2. निरन्तरको बहाइ वा बगाइ; प्रवाह; धारा।
  3. कुनै तरल पदार्थको बेगिलो बगाइ वा चुहाइ।
  4. धारो।
  5. झर्ना; छाँगो; छहरो।
  6. वात्सल्य वा दुधको अधिकताले स्तनबाट चुहिरहने दुधको सिर्को।
  7. मूत्र; पिसाब।
  8. शरीरका भित्र रहने विभिन्न ग्रन्थिहरूबाट निस्कने रसिलो पदार्थ; हर्मन (अङ्.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)