प्रेक्षालय
ना.
- प्राचीन कालका राजाले मन्त्रीहरूसँग विशिष्ट किसिमको सल्लाह एवं विचारविमर्श गर्ने राजमहलको कोठा।
- नाटकको अभिनय आदि गर्नका निम्ति बनाइएको रङ्गमञ्च।
- दृश्यावलोकनका निम्ति बनाइएको घर।
- आफ्ना देशका विभिन्न स्थानका उद्योग, व्यवसाय आदिबाट तयार पारिएका मालसामान, चित्र तथा तथ्याङ्कहरू राखिएको घर; समीक्षालय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)