प्रेमाश्रु
ना.
- प्रेमीको प्रेमिकासँग वा प्रेमिकाको प्रेमीसँग अथवा कसैको आफ्नो कुनै आत्मीय व्यक्तिसँग भेट हुँदा भित्रैदेखि उम्लिएर आएको प्रेम वा हर्षले गर्दा निक्लेको आँसु; हर्षाश्रु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)