प्वाक्क

क्रि.वि. [अ.मू. प्वाक्+क]

  1. हिर्काउँदा हलुको किसिमले लाग्ने गरी; प्याट्ट।
  2. अप्रत्याशित रूपबाट असमयमा नै मर्ने गरी; पुक्लुक्क।
  3. कुराको सिलसिला नटुङ्गिँदै बिचैमा अमिल्दो कुरा भनेर; अर्काको कुरा काटेर।
  4. जे मनमा आयो त्यही भनेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)