फकफक

क्रि.वि. [अ.मू. फक्+अ. (द्वि.)]

  1. लेसाइलो नभई बुरबुराउँदो हुने किसिमले।
  2. धमाधम फाँको हालेर खाने गरी; फकाफक।
  3. सरासर कुनै काम गर्ने चालसँग; सुरुसुरु।
  4. इन्जिनबाट धुवाँ निस्कँदा शब्द आउने गरी।
  5. कुनै कमलो वस्तु काट्ता झैँ आवाज निस्केर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)