फकाउनु

स.क्रि. [फक्क+आउ+नु]

  1. कसैलाई आफ्नो बनाउने प्रयत्न गर्नु; मनाउनु।
  2. मानसिक अशान्ति वा तुलबुल्याइँ हटाई सान्त्वना दिनु।
  3. कसैलाई लोभलाचल देखाएर आफ्नो कार्य सिद्ध गर्ने प्रयत्न गर्नु; लोभ्याउनु; लोभमा पार्नु।
  4. फुस्ल्याउनु; लहस्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)