फग्लेँटो/फग्ल्याँटो
ना. [सं. फलक+एँटो/याँटो]
- काठ, बाँस आदिको आधा भएको वा छुट्टिएको चेप्टो भाग; खापा।
- दैलाको दुई पल्लामध्ये एक पल्ला; द्वारको एक भाग।
- अन्न, फल आदिलाई बिचमा फुटाइएको आधा भाग।
- जाँतो, घट्ट आदिको एक चक्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)