फटफट
क्रि.वि.
- -[अ.मू. फट्+अ (द्वि.)]
- चराचुरुङ्गीले पखेटा चलाउँदा शब्द निस्कने गरी; भटभट।
- पशुहरूले कान हल्लाउँदा आवाज आए झैँ; फ्याटफ्याट।
- कुनै वस्तुको अभाव वा अप्राप्तिमा छटपटिएर; फिटफिटी।
- लामा-लामा फड्का हालेर हिँड्ने किसिमले; फटाफट।
- चाँडोचाँडो कुनै काम गर्ने वा बोल्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)