फट्कनु
स.क्रि. [अ.मू. फट्+क+नु]
- कुनै अग्लो ठाउँलाई उफ्रेर नाघ्नु; फटक्क फड्को मार्नु।
- उइँटा वा धनुद्वारा कपास धुनु।
- अन्नहरू नाङ्लाले निफन्नु।
- धोइएका लुगा झट्कार्नु र त्यसमा भएको पानीको अंश फ्याँक्नु।
- लुगा आदिमा टाँसिएको धुलो झड्कारेर फ्याँक्नु।
- उफ्रेर जानु; फड्को हाल्नु।
- उछिट्टिनु; उम्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)