फतफत

ना. [अ.मू. फत्+अ(द्वि.)]

  1. अरूलाई झर्को लाग्ने वा मन नपर्ने गरी उही कुरा बारम्बार दोहोर्‍याउने क्रिया; कचकच; गनगन।
  2. कसैले सुने पनि नसुने पनि र जवाफ दिए पनि नदिए पनि एकोहोरो बोलिरहने कुरा; फतरफतर।
  3. माथिबाट गिलो वस्तु झर्दा शब्द निस्कने किसिमले।
  4. खुबसँग फत्कने गरी।
  5. ज्यादा पाकेर वा गलेर बारबार झर्ने गर्दै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)